NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

अश्वेत महिला अमेरिकी सर्वोच्च अदालतको न्यायाधीश बन्ने पक्का

काठमाडौं । अश्वेत महिला पहिलो पटक अमेरिकी सर्वोच्च अदालतको न्यायाधीश बन्ने भएकी छन् । कटान्जी ब्राउन ज्याक्सन नाम गरेकी न्यायाधीश त्यहाँको सर्वोच्च अदालतको न्यायाधीश बन्ने पक्कापक्की भएको हो ।

माथिल्लो सदन सिनेटले सर्वोच्च अदालतको न्यायाधीशका लागि उनको नाम अनुमोदन गरेको छ । सिनेटमा भएको मतदानमा ज्याक्सनको पक्षमा ५३ सांसद् उभिएका थिए भने विपक्षमा ४७ मत पर्यो । रिपब्लिकनका तीन सिनेटरले फ्लोर क्रस गरेर उनको पक्षमा मतदान गरेका थिए । अमेरिकी सिनेटमा १०० सांसद छन् ।

अमेरिकामा न्यायाधीशको नियुक्ति सिनेटले अनुमोदन गर्नुपर्ने कानूनी प्रावधान छ ।

अमेरिकाको सर्वोच्च अदालतको २३३ वर्ष लामो इतिहास छ । तर अहिलेसम्म कुनै पनि अश्वेत महिला न्यायाधीश बनेका थिएनन् । योसँगै ज्याक्सन इतिहास निर्माण गर्न सफल भएकी छन् ।