हतियारसहित तीन पक्राउ

पर्सा । जिल्लाको बिन्दवासिनी गाउँपालिका–३, नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।
पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका–५ बस्ने ४१ वर्षीय प्रेम ठाकुर, सोही स्थानका १६ वर्षीय राहुल ठाकुर र सोही स्थानका ५५ वर्षीय रामजी ठाकुर रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं १३ गणका अनुसार उक्त हतियार मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।
ताजा अपडेट
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
प्रतिक्रिया