आपतकालीन अवतरण गर्दा गर्दै विमान धावन मार्गमै दुई टुक्रा

काठमाडौं । कोष्टारिकामा एउटा कार्गो जहाज आपतकालीन अवतरणको क्रममा दुई टुक्रा भएको छ । कोस्टारिकामा भएको यो दुर्घटनापछि कोष्टारिकाको राजधानी सेन जोसमा रहेको जुआन सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रुपमा बन्द गर्नु परेको छ ।
पहेँलो रङको जर्मन लजिस्टिक्स कम्पनी डिएचएलको विमान आपतकालीन अवतरण गर्न लाग्दा चिप्लिएर दुई टुक्रा भएको छ । विमान पछाडिकाे पांग्राबाट भाँचिएकाे छ । विमान टुक्रिएपछि धुँवा उडिरहेको भिडियोमा देखिन्छ ।
विमान अवतरण गर्न लाग्दा धावन मार्गमै दुई टुक्रा भएको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल पनि भएको छ । कोष्टारिकाका फायरफाइटर्सका प्रमुख हेक्टर चाभेजले विमानमा सवार दुई कु्र सदस्य सकुशल रहेको बताएका छन् । उनीहरुलाई कुनै पनि किसिमको स्वास्थ्य समस्या नहोस भनेर अस्पतालमा भर्ना गरिएको छ ।
दुर्घटनापछि पाइलट बेहोस भएका थिए तर पछि उनको पनि होस आयो ।
विमानमा गडबडी आएपछि उडेकाे २५ मिनेटमा आपतकालीन अवतरण गर्नु परेको थियो । दुर्घटना बिहीबार बिहान १०ः ३० मा भएको हो ।
विमानमा सवार चालक दलका सदस्यले स्थानीय अधिकारीलाई विमानमा हाइड्रोलिक समस्या आएको र आकस्मिक अवतरण गर्नुपर्ने बताएका थिए । घटनापछि विमानस्थल केही घण्टा बन्द गरिएको थियो ।
#BREAKING #NEWS | A DHL Boeing 757 Freighter has crashed at Juan Santamaria Airport in Costa Rica earlier today.
Read more at AviationSource!https://t.co/WISE3PjcHS#DHL #JuanSantamariaAirport #AvGeek #Crash #Accident pic.twitter.com/dIECOqQkee
— AviationSource (@AvSourceNews) April 7, 2022
प्रतिक्रिया