युक्रेनको रेल स्टेसनमा क्षेप्यास्त्र आक्रमणबाट ३० को मृत्यु

क्रमातोस्क । युक्रेनको पूर्वी क्षेत्रमा सेवा दिइरहेको रेल स्टेसनमा शुक्रबार क्षेप्यास्त्र आक्रमणबाट ३० जनाको मृत्यु भएको छ ।
‘क्रमातोस्क रेल स्टेसनमा दुई रकेट आक्रमण भएको छ, धेरै मानिस घाइते भएका छन्, घटनाका बारेमा थप विवरण हामी संकलन गर्दै छौं,’ रेल कम्पनीका प्रमुख अलेक्जेन्डर कामिशिनले भनेका छन् ।
यो स्टेशन पूर्वी युक्रेनबाट बाहिर निस्किने मुख्य माध्यम थियो । आक्रमण स्थलमा धेरै मानिसको उपस्थिति रहेकाले क्षति कति भएको छ भनेर यकिन गर्न नसकिएको अधिकारीले जनाएका छन् ।
उक्त आक्रमणमा रुसी सेना जिम्मेवार रहेको कुरा रुसी रक्षा मन्त्रालयले अस्वीकार गरेको छ । रक्षा मन्त्रालयले यो मिसाइल युक्रेनी सेनाले मात्र प्रयोग गर्ने र मार्च १४ मा डोनेट्स्क सहरमा प्रहार गरेजस्तै भएको जनाएको छ ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया