युक्रेनको रेल स्टेसनमा क्षेप्यास्त्र आक्रमणबाट ३० को मृत्यु
क्रमातोस्क । युक्रेनको पूर्वी क्षेत्रमा सेवा दिइरहेको रेल स्टेसनमा शुक्रबार क्षेप्यास्त्र आक्रमणबाट ३० जनाको मृत्यु भएको छ ।
‘क्रमातोस्क रेल स्टेसनमा दुई रकेट आक्रमण भएको छ, धेरै मानिस घाइते भएका छन्, घटनाका बारेमा थप विवरण हामी संकलन गर्दै छौं,’ रेल कम्पनीका प्रमुख अलेक्जेन्डर कामिशिनले भनेका छन् ।
यो स्टेशन पूर्वी युक्रेनबाट बाहिर निस्किने मुख्य माध्यम थियो । आक्रमण स्थलमा धेरै मानिसको उपस्थिति रहेकाले क्षति कति भएको छ भनेर यकिन गर्न नसकिएको अधिकारीले जनाएका छन् ।
उक्त आक्रमणमा रुसी सेना जिम्मेवार रहेको कुरा रुसी रक्षा मन्त्रालयले अस्वीकार गरेको छ । रक्षा मन्त्रालयले यो मिसाइल युक्रेनी सेनाले मात्र प्रयोग गर्ने र मार्च १४ मा डोनेट्स्क सहरमा प्रहार गरेजस्तै भएको जनाएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया