प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको नवौँ अधिवेशन (हिउँदे अधिवेशन) आज राति १२ बजेदेखि अन्त्य हुँदैछ । प्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर आज राति १२ बजेदेखि अन्त्य गरिएको जानकारी गराए ।
यही चैत १३ गते हिउँदे अधिवेशन शुरु भएको थियो । यो अधिवेशनका बैठकले सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक र दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ पारित गरेको छ ।
पर्याप्त काम (बिजनेश) नहुँदा प्रदेशसभाको हिउँदे अधिवेशनअन्तर्गतका नियमित बैठक यो अवधिमा तीन पटक सूचना टाँस गरी स्थगित गरिएको थियो ।
आजको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी र आर्थिक मामिलामन्त्री तारालामा तामाङले छुट्टाछुट्टैरूपमा मन्त्रालयको कामसँग सम्बन्धित विषयमा उठाइएका जिज्ञासाका बारेमा सदनलाई जानकारी गराएका थिए ।
बैठकको प्रारम्भमा दिइएको शून्य समयमा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल, कुन्ती जोशी, महेशदत्त जोशी र रतन थापाले प्रदेशका समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया