NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

सार्वजनिक यातायातकाे भाडा बढ्याे, वैशाख १ देखि लागू हुने

काठमाडौं । बागमती प्रदेश सरकारले शुक्रबार काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारीको भाडादर समायोजन गरेको छ । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णयले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको हो ।

वृद्धि भएको भाडा बैशाख १ गतेबाट लागू हुनेछ । समायोजनपछि सार्वजनिक सवारीकाको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ ।

नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।

ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैया तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।