लागुऔषधसहित तीन जना पक्राउ

काठमाडाैं । भीमदत्त नगरपालिका– ११ भुजेलाबाट प्रहरीले आज तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीको कमाण्डमा खटिएको टोलीले २३ वर्षीय महेश गिरी, २१ वर्षीय विष्णु पाठक र २२ वर्षीय आशिष गिरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाको साथबाट १९ दशमलव ५ ग्राम चरेस, प्रि ग्याब्लिक क्याप्सुल ६ पिस र इन्ट्रिकफ ट्याब्लेट १४ पिस बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । पक्राउ परेका तीनै जनामाथि प्रहरीले थप अनुसन्धानको कार्य गरिरहेको छ ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया