आर्थिक संकटबारे जानकारी दिन विपक्षी एमालेले पत्रकार सम्मेलन गर्दै
काठमाडौं । मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न प्रमुख प्रतिपक्षी एमालेले तीनजना पूर्वअर्थमन्त्रीहरूको उपस्थितिमा पत्रकार सम्मेलन गर्ने भएको छ ।
आइतबार दिउँसो १२ः ३० बजे ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा हुने पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडा सहभागी हुने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।
खस्किदो अर्थतन्त्र उकास्न राम्रो काम गरिराखेका राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेको एमालेले आरोप लगाएको छ ।
विपक्षी एमालेसँग मिलेर सरकारलाई असहयोग गरेको आरोप लगाउँदै शुक्रबार गर्भनर अधिकारीलाई सरकारले निलम्बन गरेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया