मनोरञ्जन व्यवसायीलाई कर बुझाउन राजस्व विभागको आदेश
काठमाडौं । काठमाडौं महानगरपालिकाअन्र्तगत राजस्व विभागले महानगरपनलिका क्षेत्रभित्र रहेका मनोरञ्जनसँग सम्बन्धित व्यापार व्यवसाय संस्था तथा व्यक्तिलाई कर बुझाउन आव्हान गर्दै आइतबार सूचना जारी गरेको छ ।
बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०७८ को अनुसूची–३ तोकेको दररेटमा कर बुझाउन विभागले आदेश जारी गरेको हो । विभागले महानगरभित्र रहेको चलचित्र घरमा चलचित्र प्रदर्शन गर्दा दर्शकबाट प्राप्त टिकटको पाँच प्रतिशत, क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट ५० रुपैयाँ, भिडियो घर, कन्सर्ट, दाहोरी साँझ, र नाइट क्लब प्रवेश गर्ने ग्राहकबाट २० रुपैयाँ, सांस्कृतिक प्रदर्शन हल, थियटर, फनपार्क, गार्डेन, बाल उद्यान, फुटसल, मसाज एंव स्पा आदि बाट पाँच प्रतिशत दरमा कर बुझाउन विभागले सूचित गराएको हो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया