पूर्वअर्थमन्त्रीत्रयको सरकारलाई ध्यानाकर्षण

काठमाडाैं । पूर्वअर्थमन्त्रीत्रयले आर्थिक स्थायित्व, विकास र सुशासनमा जोड दिन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल कम्युनिष्ट पार्टी(एमाले) ले आयोजना गरेकाे पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रको खस्किन नदिन सरकारको ध्यानाकर्षण गराएको हुन् ।
उनीहरुले आयात अनियन्त्रित रुपमा बढेर आठ महिनामा करि १५ खर्ब पुगिसकेको र अहिलेकै अवस्था कायम रहेमा वर्ष भरिमा २२ खर्बभन्दा बढीको आयात हुने स्थिति रहेको, बढ्दो आयातले उपभोग बढाउने कामबाहेक उत्पादनमा कुनै योगदान नगरेको भन्दै समयमै सोच्न सरकारलाई आग्रह गरेका छन् । हाल व्यापार घाटा बढेको र अहिलेकै अवस्था कायम रहे यो आर्थिक वर्षको अन्त्यसम्ममा व्यापार घाटा २० खर्ब नाघ्ने अनुमान पनि उनीहरुले गरेका छन् ।
उनीहरुले गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको निलम्बनको निर्णयको विरोध गर्दै आपत्ति जनाएका छन् । गर्भनमाथिको पूर्वाग्रही कारबाही गैरकानुनी भन्नेमा कांग्रेसले कहिल्यै ख्याल नगरेको बताउँदै उनीहरुले नेपाली कांग्रेसको सरकार रहेको बेला यसअघि पनि गर्भनरलाई हटाउने प्रयस गरेको र केन्द्रीय बैंक नेतृत्वविहीन भर देशको अर्थतन्त्र संकटमय भएको इतिहास भएको बताएका छन् ।
देश आर्थिक संकटको अवस्थामा रहँदा सरकारले सबै सरोकारवाला निकायसँग समन्वय गरी सहकार्य गर्नुपर्नेमा सरकारले आफ्नो नालायकीपन छोप्न गभर्नरलाई निलब्न गरेको उनीहरुको आरोप छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया