NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

गभर्नर निलम्बनबारे पाँच वित्तीय संघको आपत्ति

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरिएको निलम्बनबारे पाँच वित्तीय संघले विरोध जनाएको छ । संघले आइतबार सयुक्त रुपमा विज्ञप्ति जारी गर्दै गभर्नर अधिकारीलाई निलम्बन गरेकोबारे विरोध जनाएको हो ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ, सञ्चय कोष कर्मचारी संगठन, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ, नेपाल बैंक कर्मचारी संघ र कृषि विकास बैंक कर्मचारी संघले गभर्नर निलम्बनबारे विरोध जनाएको हुन् ।

आधारहीन एवं कपोपलकल्पित आरोप लगाउँदै अधिकारीलाई गरिएको निलम्बनप्रति संघले संयुक्त रूपमा सरकारलाई ध्यानाकर्षण गराएका छन् ।