विश्व बैंकको अनुमान : युक्रेनको अर्थतन्त्र ४५ प्रतिशतसम्म घट्न सक्छ
काठमाडौं । विश्व बैंकले युद्धका कारण युक्रेनको अर्थव्यवस्था ४५ प्रतिशतसम्म घट्ने अनुमान गरेको छ । बैंकले युक्रेनको अर्थव्यवस्थामा युद्धको नकारात्मक असर कोरोना महामारीको समयमा पूर्वी युरोप र मध्य एसियामा देखिएको प्रभावभन्दा पनि धेरै हुने विश्लेषण गरेको छ ।
बैंकका अनुसार एकपछि अर्को प्रतिबन्धका कारण रुसको अर्थतन्त्रमा पनि मन्दी आउनेछ । युद्धका कारण युक्रेनका अधिकांश जनता देश छोडेर जान वा रुसी सेनाविरुद्ध लड्न बाध्य छन् । युद्ध सुरु भएदेखि सडक, कारखानालगायत महत्वपूर्ण पूर्वाधारहरु भत्किएका छन् ।
युद्धले गर्दा युक्रेन धेरै वर्ष पछाडि धकेलिएको पनि विश्व बैंकले जनाएको छ । युक्रेन सूर्यमुखी फूल र गहुँको ठूलो उत्पादक देश हो तर निर्यात रोकिएका कारण विश्वमा तेल र खाद्यान्नको मूल्य अत्याधिक बढेको छ ।
निर्यात गर्न नपाउँदा युक्रेनको आम्दानीको बाटो पनि बन्द छ । प्रतिबन्धका कारण यस वर्ष रुसको अर्थव्यवस्था ११ प्रतिशतसम्म संकूचन हुनेछ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया