NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

फ्रान्समा राष्ट्रपति निर्वाचनको पहिलो चरणमा म्याक्रों अगाडि

पेरिस । फ्रान्सका वर्तमान राष्ट्रपति इमानुएल म्याक्रोंले राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा ९५ प्रतिशतभन्दा बढी मतपत्र गणना हुँदासम्म आफ्नो अग्रता कायम राखेको आन्तरिक मन्त्रालयले प्रकाशित गरेको अन्तरिम नतिजामा उल्लेख गरिएको छ ।

म्याक्रोंसँग हाल २७.४१ प्रतिशत मत छ भने अति दक्षिणपन्थी राष्ट्रपति पदकी उम्मेदवार मारिन ले पेन २४.०३ प्रतिशतका साथ दोस्रो स्थानमा छिन् । त्यसैगरी २१.५७ प्रतिशतका साथ जेन-लुक मेलेनचोन तेस्रो र ६.९७ प्रतिशतका साथ चौथो स्थानमा एरिक जेम्मोर छन् । फ्रान्समा अप्रिल २४ मा राष्ट्रपतिको दोस्रो चरणको निर्वाचन हुँदैछ ।

‘म समाजवादी एनी हिडाल्गो, कन्जरभेटिभ भ्यालेरी पेक्रेसे, कम्युनिस्ट फाबियन र उसेललाई समर्थनको लागि धन्यवाद दिन्छु,’ उनले मतदानपछिको भाषणमा भनेका छन् ।