फ्रान्समा राष्ट्रपति निर्वाचनको पहिलो चरणमा म्याक्रों अगाडि
पेरिस । फ्रान्सका वर्तमान राष्ट्रपति इमानुएल म्याक्रोंले राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा ९५ प्रतिशतभन्दा बढी मतपत्र गणना हुँदासम्म आफ्नो अग्रता कायम राखेको आन्तरिक मन्त्रालयले प्रकाशित गरेको अन्तरिम नतिजामा उल्लेख गरिएको छ ।
म्याक्रोंसँग हाल २७.४१ प्रतिशत मत छ भने अति दक्षिणपन्थी राष्ट्रपति पदकी उम्मेदवार मारिन ले पेन २४.०३ प्रतिशतका साथ दोस्रो स्थानमा छिन् । त्यसैगरी २१.५७ प्रतिशतका साथ जेन-लुक मेलेनचोन तेस्रो र ६.९७ प्रतिशतका साथ चौथो स्थानमा एरिक जेम्मोर छन् । फ्रान्समा अप्रिल २४ मा राष्ट्रपतिको दोस्रो चरणको निर्वाचन हुँदैछ ।
‘म समाजवादी एनी हिडाल्गो, कन्जरभेटिभ भ्यालेरी पेक्रेसे, कम्युनिस्ट फाबियन र उसेललाई समर्थनको लागि धन्यवाद दिन्छु,’ उनले मतदानपछिको भाषणमा भनेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया