इमरान खानका सल्लाहकारलाई देश छोड्न रोक
इस्लामाबाद । पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआइए) ले पूर्वप्रधानमन्त्री इमरान खानका पूर्वसल्लाहकार र मुख्य सचिवजस्ता अधिकारीहरूलाई देश छोड्न नपाउने गरी रोक लगाएको छ । खानका विशेष सहयोगी शाहबाज गिल र शहजाद अकबरको नाम पनि स्टप लिस्टमा समावेश गरिएको छ ।
यसबाहेक पूर्वमुख्य सचिव आजम खान, पिटिआइका सामाजिक सञ्जाल प्रमुख अर्सलान खालिद र मोहम्मद रिजवानको नाम पनि नो फ्लाई लिस्टमा राखिएको छ । पञ्जाबका महानिर्देशक गौहर नफीसको नाम पनि सूचीमा छ । शनिबार इमरान खान सरकारबाट बाहिरिएपछि यो कारबाही गरिएको हो ।
एग्जिट कन्ट्रोल लिस्ट (इसिएल) मा कसैको नाम राख्न बढी समय लाग्ने भएकाले एफआइएले सन् २००३ मा छोटो समयमै काम गर्न सक्ने गरी स्टप लिस्ट ल्याएको थियो ।
पाकिस्तानमा सोमबार नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन हुँदैछ र एमएलएनका शाहबाज शरीफ नियुक्त हुने लगभग निश्चित छ । शनिबार राति राष्ट्रिय सभामा इमरान खान सरकारविरुद्ध पेश भएको अविश्वास प्रस्तावमा मतदान भएको थियो, जसमा १७४ सदस्यले प्रस्तावको पक्षमा मतदान गरेपछि खानको सरकार पतन भएको थियो ।
आइतबार उनको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पिटिआई) ले इमरान खानको समर्थनमा देशभर प्रदर्शन गरेको थियो । कराँची र लाहोरमा खानका हजारौं समर्थकले नाराबाजी गरेका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया