वाचा पूरा गर्दै ओलीले पठाए हलेसीमा ४ लाख भेटी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले खोटाङमा रहेको प्रसिद्ध धार्मिकस्थल हलेसी मन्दिर र गुम्बालाई ४ लाख रुपैयाँ भेटी चढाएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले २ लाख रुपैयाँ हलेसी मन्दिर र अर्को २ लाख हलेसी मारतिका गुम्बालाई चढाएका हुन् ।
ओलीले भेटी आफैँ गएर चढाएका भने होइनन् । उनले एमाले केन्द्रीय सदस्य एवम् खोटाङ सह–इन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य रमेशकुमार पौडेल र पार्टी जिल्ला अध्यक्ष रामप्रसाद दङ्गालमार्फत राजधानीबाट भेटी पठाएका हुन् ।
गत चैत १९ गते एमालेले दिक्तेलमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा ओलीले हलेसी मन्दिर तथा गुम्बा अवलोकन गरेका थिए । त्यसपछि भेटीस्वरुप मन्दिर र गुम्बालाई २–२ लाख दान गर्ने घोषणा गरेका थिए । सोही वाचा अहिले पूरा गरेका हुन् ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया