को हुन् पाकिस्तानका नयाँ प्रधानमन्त्री शरीफ ?
काठमाडौं । पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता तथा पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ शाहबाज शरीफ पाकिस्तानको २३ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । ७० वर्षीय शहबाज शरीफ पाकिस्तानको सबैभन्दा बढी जनसंख्या भएको पञ्जाब प्रान्तका मुख्यमन्त्री भइसकेका छन् ।
पाकिस्तान पिपुल्स पार्टीका सहअध्यक्ष आसिफ अली जर्दारीले प्रधानमन्त्री पदका लागि शहबाजको नाम प्रस्ताव गरेका थिए । शहबाज शरीफविरुद्ध लेनदेनसम्बन्धी मुद्दा चलिरहेको छ, जसको अर्को सुनुवाई अप्रिल २७ मा हुने छ ।
यसैबीच अदालतले उनलाई वैशाख २७ गतेसम्म पक्राउ गर्न रोक लगाएको छ ।
इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्न सोमबार मतदान गरेको थियो ।
मतदानमा उनले १ सय ७४ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार शाह महमूद कुरैशीले एक मत पनि पाएनन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया