शहबाज शरीफ बने पाकिस्तानका प्रधानमन्त्री

इस्लामाबाद । पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता तथा पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ शाहबाज सरिफ पाकिस्तानको २३ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
उनलाई राष्ट्रिय सभाका १ सय ७४ सदस्यले मतदान गरेका थिए भने शाह महमूद कुरैशीले एक मत पनि पाएनन् । प्रधानमन्त्री पदका लागि पाकिस्तानको संयुक्त विपक्षी दलका उम्मेदवारका रुपमा शहबाज सरिफ विजयी भएका हुन् ।
पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेश गरिएको अविश्वासको प्रस्ताव पारित भएपछि पाकिस्तानले शहबाजलाई नयाँ प्रधानमन्त्रीको रुपमा पाएको हो ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया