प्रधानमन्त्री देउवा मेलम्चीको पानी उद्घाटन गर्न नजाने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मेलम्चीको पानी उद्घाटन गर्न सिन्धुपाल्चोकको अम्बाथान नजाने भएका छन् ।
निर्वाचन आचारसंहिता लागू भइसकेकाले प्रधानमन्त्री देउवा मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रममा सहभागी नहुने उनको सचिवालयले जनाएको छ ।
‘मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’अन्तर्गत मंगलबार प्रधानमन्त्री देउवा कार्यक्रममा सहभागी हुने विषय विभिन्न सञ्चारमाध्यममा आएको थियो ।
तर, खानेपानी मन्त्रालयकै सूचना अधिकारीले भने प्रधानमन्त्री देउवाले मंगलबार मेलम्चीको पानी उद्घाटन गर्ने विषय जानकारी नभएको नेपालवाचलाई बताएका थिए ।
नेपालवाचसँग कुरा गर्दै सूचना अधिकारीसमेत रहेका सहसचिव विनोदकुमार खनालले मेलम्चीको पानी मंगलबार काठमाडौं आउन लागेको विषय आफूलाई जानकारी नभएको स्पष्ट पारेका थिए ।
उद्घाटनमा प्रधानमन्त्री देउवा मेलम्ची खानेपानी आयोजनाको मूल सुरुङमा नगए पनि मंगलबारदेखि पानी काठमाडौं पठाउन सुरु गरिने भएको छ ।
खानेपानी मन्त्रालयका सूचना अधिकारी भन्छन्, ‘भोलि मेलम्चीको पानी उद्घाटन हुँदैछ भन्ने जानकारी छैन’
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया