NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

प्रधानमन्त्री देउवा मेलम्चीको पानी उद्घाटन गर्न नजाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मेलम्चीको पानी उद्घाटन गर्न सिन्धुपाल्चोकको अम्बाथान नजाने भएका छन् ।

निर्वाचन आचारसंहिता लागू भइसकेकाले प्रधानमन्त्री देउवा मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रममा सहभागी नहुने उनको सचिवालयले जनाएको छ ।

‘मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’अन्तर्गत मंगलबार प्रधानमन्त्री देउवा कार्यक्रममा सहभागी हुने विषय विभिन्न सञ्चारमाध्यममा आएको थियो ।

तर, खानेपानी मन्त्रालयकै सूचना अधिकारीले भने प्रधानमन्त्री देउवाले मंगलबार मेलम्चीको पानी उद्घाटन गर्ने विषय जानकारी नभएको नेपालवाचलाई बताएका थिए ।

नेपालवाचसँग कुरा गर्दै सूचना अधिकारीसमेत रहेका सहसचिव विनोदकुमार खनालले मेलम्चीको पानी मंगलबार काठमाडौं आउन लागेको विषय आफूलाई जानकारी नभएको स्पष्ट पारेका थिए ।

उद्घाटनमा प्रधानमन्त्री देउवा मेलम्ची खानेपानी आयोजनाको मूल सुरुङमा नगए पनि मंगलबारदेखि पानी काठमाडौं पठाउन सुरु गरिने भएको छ ।

खानेपानी मन्त्रालयका सूचना अधिकारी भन्छन्, ‘भोलि मेलम्चीको पानी उद्घाटन हुँदैछ भन्ने जानकारी छैन’