NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

थुनामा रहेका पल शाहलाई सर्वोत्कृष्ट नायकको पुरस्कार

काठमाडौं । एक नाबालिग गायिकालाई ललाइफकाइ करणी गरेकाने आरोपमा थुनामा रहेका पल शाहले सर्वोत्कृष्ट नायकको पुरस्कार पाएका छन् ।

काठमाडौंको चाहबिलस्थित चलचित्र विकास बोर्डमा आज बाँडिएको बक्स अफिस फिल्म अवार्डमा शाहलाई सर्वोत्कृष्ट नायकको पुरस्कार प्रदान गरिएको हो ।

शाह अभिनित ‘म यस्तो गीत गाउँछु २’ चलचित्रले वर्षकै सफल चलचित्रको पुरस्कार जितेको छ । सोही चलचित्रबाट शाहले सर्वोत्कृष्ट नायकको पुरस्कार पाएका हु्न् ।

यस्तै, सोही चलचित्रकी नायिका पूजा शर्माले पनि सर्वोत्कृष्ट नायिकाको पुरस्कार पाउन सफल भएकी छिन् ।

यसैगरी, सोही चलचित्रबाट सुदर्शन थापाले सर्वोत्कृष्ट निर्देशकको पुरस्कार जितेका छन् ।

अवार्ड समारोहमा निर्देशक थापा र नायिका शर्मा उपस्थित थिए । उनीहरूले तनहुँको जेलमा रहेका अभिनेता शाहलाई स्मरण गरेका थिए ।