थुनामा रहेका पल शाहलाई सर्वोत्कृष्ट नायकको पुरस्कार
काठमाडौं । एक नाबालिग गायिकालाई ललाइफकाइ करणी गरेकाने आरोपमा थुनामा रहेका पल शाहले सर्वोत्कृष्ट नायकको पुरस्कार पाएका छन् ।
काठमाडौंको चाहबिलस्थित चलचित्र विकास बोर्डमा आज बाँडिएको बक्स अफिस फिल्म अवार्डमा शाहलाई सर्वोत्कृष्ट नायकको पुरस्कार प्रदान गरिएको हो ।
शाह अभिनित ‘म यस्तो गीत गाउँछु २’ चलचित्रले वर्षकै सफल चलचित्रको पुरस्कार जितेको छ । सोही चलचित्रबाट शाहले सर्वोत्कृष्ट नायकको पुरस्कार पाएका हु्न् ।
यस्तै, सोही चलचित्रकी नायिका पूजा शर्माले पनि सर्वोत्कृष्ट नायिकाको पुरस्कार पाउन सफल भएकी छिन् ।
यसैगरी, सोही चलचित्रबाट सुदर्शन थापाले सर्वोत्कृष्ट निर्देशकको पुरस्कार जितेका छन् ।
अवार्ड समारोहमा निर्देशक थापा र नायिका शर्मा उपस्थित थिए । उनीहरूले तनहुँको जेलमा रहेका अभिनेता शाहलाई स्मरण गरेका थिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया