एउटा ठग जसले करोडपतिलाई बनाए बेघर
काठमाडौं । अकुत धन आर्जन गर्ने बाटोमा लागेपछि मानिसले कतिसम्म गर्न सक्छन् भन्ने उदाहरण बनेका छन्, धनगढी उपमहानगरपालिका–५, कैलालीका ४० वर्षीय मनोकुमार भण्डारी । उनी छोरा, भाइ, साथी, सहयोगी अनुकूल हुने सबै भूमिकामा प्रस्तुत भए । जब विश्वास जित्थे, सबैलाई धोका दिएर सम्पत्ति हडप्थे ।
५७ वर्षीया ऋतु जोशीले जीवनभरको कमाइले नयाँबानेश्वरमा जग्गा किनन् । ऋणधन गरेर घर बनाइन् । तर मन खोलेर बस्न नपाई मनोज भण्डारीले घर बैंकमा बन्धक राखिदिए । आफ्नो घर अहिले लिलाम हुने चरणमा पुगेको ऋतुले गुनासो गरिन् ।
‘अनेक जालझेल गरेर घर बैंकमा राख्न लगायो । जसबापत ४ करोड २० लाख रूपैयाँ ऋण झिक्यो । तर उसले पछि न बैंकको ऋण तिर्यो न हामीलाई रकम नै फिर्ता गर्यो । ठगको फन्दामा फर्दा यस्तो अवस्था झेल्नुपर्ने अवस्था आयो ।’
सरकारी जागिरे ऋतुका श्रीमान् मुकुन्दराज जोशी बिरामी थिए । सहयोग गर्ने बहानामा मनोज नजिकिन थाले । उनी कहिले बिरामी भेट्न महँगो गिफ्ट लिएर घर पुग्थे । कहिले बिरामी बोकेर ऋतुसँगै अस्पताल दौडन्थे । झण्डै वर्ष दिन चलेको यो नियमित क्रियाकलाप तब बन्द भयो, जब उनले ऋतुसँग चार करोड २० लाख रूपैयाँ फुत्काउन सफल भए ।
यीबाहेक कैलाली धनगढीकी राजेश्वरी सिंहको साढे पाँच बिघा जग्गा १३ करोड ५० लाखमा किनेर उनले पैसा तिरेका छैनन् । काठमाडौं क्षेत्रपाटीका सहारा राणाको वनस्थलीमा रहेको ४६ आना जग्गा ६ करोड ५५ लाखमा किने, एक करोड मात्र दिए । यसबाहेक अन्य उजुरी पनि उनीविरुद्ध परेको प्रहरीले जनाएको छ ।
यो बीचमा मनोज पक्राउ परेका छन् । तर पीडितले अझै न्याय पाउन नसकेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया