NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

उपकार लघुवित्तको आइपिओमा आवेदन दिने म्याद थप

उपकार लघुवित्तको आइपीओमा आवेदन दिने म्याद १ दिनको लागि थप भएको छ । कम्पनीले चैत २७ गते राम नवमी पर्वको अवसरमा सार्वजनिक बिदा दिएकोले आइपीओ भर्ने म्याद १ दिनको लागि थप गरेको जनाएको छ ।

कम्पनीका अनुसार उक्त आइपीओमा बुधबार (चैत ३० गते) सम्म आवेदन दिन सकिनेछ । कम्पनीले चैत २५ गतेबाट २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।

लघुवित्तले गत शुक्रबार (चैत २५ गतेबाट) सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो ।

यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । योमध्ये ५५ अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ०।५५ अर्थात् ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष