मेसीका पूर्वप्रशिक्षकले भने : कोपा जितेको अर्जेन्टिनाको मनोबल विश्वकपका लागि फाइदाजनक
काठमाडौं । इंग्लिस फुटबल क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले कोपा अमेरिकाको उपाधि जितेपछि अर्जेन्टिनाको मनोबल बढेको बताएका छन् ।
अमेरिकी मिडिया टेलेमुण्डो स्पोर्टसलाई हालै एक अन्तवार्ता दिँदै उनले यस्तो बताएका छन् ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसीका पूर्वप्रशिक्षकसमेत रहेका ग्वार्डिओलाले कोपा जितेको अर्जेन्टिनाको मनोबल विश्वकपका लागि फाइदाजनक हुने बताएका छन् ।
मुख्य प्रशिक्षक लियोनल स्कालोनीले अर्जेन्टिनालाई बलियो बनाएको उनले बताएका छन् । ‘अर्जेन्टिना अहिले ३१ खेलसम्म अपराजित छ । यो विश्वकपका लागि अर्जेन्टिनाको बलियो पक्ष हो’, उनले भनेका छन् ।
ग्वार्डिओलाले कम अनुभवीले पनि ठूलो सफलता हासिल गर्न सक्ने बताएका छन् । ‘फुटबलमा अनुभव मात्रै सबथोक हो जस्तो गरिन्छ, यो गलत हो’, स्कालोनीले अर्जेन्टिनालाई दिलाएको सफलताप्रति इंग्ति गर्दै उनले भने ।

मेसी, एंगेल डिमारिया, लाउटारो मार्टिनेज र जुलियन अल्भारेजको आक्रमण निकै धारिलो बनेको उनले बताए ।
ग्वार्डिओला स्पेनिस क्लब बार्सिलोनामा रहँदा मेसीलाई प्रशिक्षण दिएका थिए । उनीहरूको सहकार्यले बार्सिलोनाले च्याम्पियन्स लिगसँगै थुप्रै उपाधि जितेको थियो ।
ग्वार्डिओला ब्राजिलको चौथो विदेशी प्रशिक्षक बन्ने सम्भावना कति ?
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया