अवैध भारुसहित पक्राउ परेका थिए शंकास्पद डलर ल्याउने शाह

काठमाडौं । अमेरिकाबाट शंकास्पद रकम आएका कारण अनुसन्धानमा तानिएका पृथ्वीबहादुर शाह चार वर्षअघि पनि भारतीय रूपैयाँको कारबोरमा पक्राउ परेको खुलासा भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान विभागले उनलाई स्रोत नखुलेको भारुसहित पक्राउ गरे पनि शक्तिको निर्देशनमा छुटेका थिए ।
यसरी कहिले भारु र कहिले डलर कारोबारले विवादमा आउने उनी अरू कसैको पैसा ओसारपसार गर्छन् भन्ने बुझिएकाले थप अनुसन्धान भइरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्रोतको भनाइ छ ।
अवैध अर्थोपार्जन गर्ने उद्देश्यले संगठित गिरोह बनाई नेपालमा प्रतिबन्धित भारु ल्याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २ जेठ २०७४ मा १५ जनालाई पक्राउ गरेको थियो । ‘प्रतिबन्धित ५०० र १००० का नोट ल्याई काठमाडौंका विभिन्न स्थानमा कारोबार भइरहेको सूचना थियो । गौरीघाटस्थित घरमा खानलगासी गर्दा दुई वटा झोलामा ९८ लाख भारतीय रूपैयाँ फेला परेको हो,’ सिआइबीले उठाएको मुचुल्कामा भनिएको छ, ‘त्यस्तै अर्को दिन ३ जेठमा तिलगंगामा रहेको होटल पाँचथर अगाडि कारमा ३ वटा झोलामा १ करोड १८ लाख ६१ हजार फेला परेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया