NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ७ गते

उपकार लघुवित्तको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं । उपकार लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीका अनुसार  आइपीओमा बुधबार कार्यालय समयसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले चैत २५ गतेबाट २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

योमध्ये ५५ अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ०।५५ अर्थात् ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।