३ लाख घुससहित प्रधानाध्यापक र सर्जिकल पसल सञ्चालक अख्तियारको नियन्त्रणमा
काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २ जनालाई ३ लाख घुससहित नियन्त्रणमा लिएको छ । अख्तियारले आज रौतहटस्थित श्री विश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राकेश कुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्र कुमार झालाई घुससहित नियन्त्रणमा लिएको हो ।
प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग ३ लाख घुस मागेको भन्ने उजुरीको आधारमा अख्तियारको टोलीले अनुसन्धान गर्दा दुबै जनालाई सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया