कानुन सहायक र ऋण सहायक पदको लिखित परीक्षा मिति सार्वजनिक
काठमाडौं । लोक सेवा आयोगद्वारा सञ्चालित कृषि विकास बैंकको कानुन सहायक र ऋण सहायक पदको लिखित परीक्षाको मिति तथा केन्द्र सार्वजनिक भएको छ । बैंकले आज सूचना जारी गदै परीक्षा हुने जानकारी दिएको हो ।
उक्त परीक्षाअन्तर्गत कानुन सहायक पदतर्फको लिखित परीक्षा वैशाख ११ र १२ गते दिउँसो २ बजेबाट लोक सेवा आयोगको कार्यालयमा हुने छ भने ऋण सहायक तर्फको परीक्षा वैशाख ११ र १३ गतेबाट स्वप्न वाटिका (एसभी) एकडेमी र सगरमाथा मल्टिपल कलेजमा हुन लागेको हो ।
बैंकका अनुसार परीक्षार्थीले तोकेको परीक्षा केन्द्रबाहेक अन्य केन्द्रमा सम्मिलित हुन पाउने छैनन् साथै परीक्षार्थीले परीक्षा सुरु हुनुभन्दा कम्तीमा एक घण्टा अगाडि परीक्षा केन्द्रमा पुग्नु पर्ने जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया