NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

नेप्से ३० अंकले उकालो लागेपनि कारोबार रकम बढ्न सकेन

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३०.२४ अंकले बढेर दुई हजार ४१५.२४ मा विन्दुमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.९७ अंकले बढेर ४५५.२१ मा पुगेको छ । बुधबार नेप्से उकालो लागेपनि कारोबार रकम भने खुम्चिएको छ । आज कूल २२९ कम्पनीको ३१ लाख ४७ हजार ७०४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३६ करोड ३१ लाख २३ हजार २६२ रूपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार ३७ लाख ८३ हजार २४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रूपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमामै हरियाली छाएको छ ।

होटल तथा पर्यटन १.५१, अन्य १.६५, सामूहिक लगानी ०.३६, बैंकिङ ०.९५, व्यापार ०.५९, विकास बैंक १.४१, जलविद्युत् ०.८८, वित्त १.०५, निर्जीवन बीमा ०.८२, उत्पादन १।१८, लघुवित्त १.५९, जीवन बीमा ०.८६, र लगानी १.१५ अंकले उकालो लागेको छ ।

आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आरएमडिसी लघुवित्तका लगानीकर्ताले ८ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । मिथिला लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष