NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

गरिमा विकास बैंक र ‘पोखरा बाटिका-क्लासिक होटलबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं । गरिमा विकास बैंकले होटल ‘पोखरा बाटिका-क्लासिक होटल’सँग सम्झौता गरेको छ ।  उक्त होटलले प्रदान गर्ने विभिन्न प्रकारका रुमहरुमा २० प्रतिशत छुट, फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुट साथै अन्य सेवा सुविधाहरुमा आकर्षित छुट दिने गरी बैंकले सम्झौता गरेको  हो ।

सम्झौता अनुसार, बैंकका डेविड कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकले होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नेछन् । हाल गरिमा विकास बैंकले ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ ए।टि।एम।बाट आफ्ना ग्राहकलाई सेवा  प्रदान गर्दै आइरहेको छ ।