निर्वाचनको विपक्षमा रहेका विप्लवका दुई नेताले प्रचण्डलाई भेटे
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेताद्वय सुदर्शन वली र धर्मेन्द्र बास्तोलाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका छन् ।
बिहीबार नयाँ वर्षका दिन वली र बास्तोलाले प्रचण्डलाई उनकै निवास पुगेर भेटवार्ता गरेका हुन् ।
चुनावको पक्षमा रहेका विप्लव र खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको भोलिपल्ट त्यसको विपक्षमा रहेका नेताले प्रचण्डसँग भलाकुसारी गरेका हुन् ।
नयाँ वर्षको शुभकामना आदनप्रदानका साथै जेलमा रहेका नेता–कार्यकर्ताको रिहाइबारे छलफल भएको बास्तोलाले सामाजिक सञ्जालमा लेखेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया