काठमाडौं महानगरपालिकाको मेयरमा एमालेद्वारा पाँच जनाको नाम सिफारिस
काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा पाँच जनाको नाम सिफारिस गरेको छ । एमाले काठमाडौं महानगर कमिटीले मेयर र उपमेयर पदमा उम्मेदवार सिफारिस गरेको हो ।
मेयरमा विद्यासुन्दर शाक्यसहित केशव स्थापित, रामवीर मानन्धर, निर्मल देउला र इन्दिरा पन्त सिफारिस गरिएका छन् ।
उपमेयरमा शान्ति अधिकारी, रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्ले सिफारिस भएका छन् । अधिकारी दिवंगत नेता मनमोहन अधिकारीकी बुहारी हुन् ।
अब पार्टी केन्द्रले यीमध्येबाट मेयरमा एक र उपमेयरमा एक जना उम्मेदवार तय गर्नेछ ।
कांग्रेसबाट काठमाडौंको मेयरका लागि नीलकाजी शाक्य, तीर्थमान डंगोल, भीमसेनदास प्रधान, राजुराज जोशी, हरिप्रभा, खड्गी, प्रगतिमान रञ्जित, नरोत्तम वैद्य, मुकुन्द रिजाल कांग्रेसको तर्फबाट मुख्य दाबेदार हुन् ।
केशव स्थापितले ओलीलाई बुझाए काठमाडौं महानगरमा चुनाव जित्ने हिसाबकिताब


प्रतिक्रिया