ट्वीटरको मालिक बन्ने निश्चित छैन-एलन मस्क
काठमाडौं । टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले ट्वीटर किन्ने आफ्नो प्रयास सफल हुन्छ कि हुँदैन भन्ने निश्चित नभएको बताएका छन् । उनले क्यानडाको भ्यानकुभरमा आयोजित टेड २०२२ सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
मस्कले ट्वीटरले उनको प्रस्ताव अस्वीकार गरेमा आफूसँग ‘प्लान बी’ रहेको पनि बताएका छन् । तर, आफ्नो अर्को योजनाबारे केही बताएनन् । उक्त कार्यक्रममा उनले ट्वीटरलाई अझ ‘खुला’ र ‘पारदर्शी’ बन्न आवश्यक रहेको तर्क गरेका थिए । उनले भने ‘ट्वीटर अभिव्यक्ति स्वतन्त्रताको सन्दर्भमा समावेशी हुनुपर्छ।’
एलन मस्कले ट्वीटर किन्न करिब ४० अर्ब डलरको अफर गरेको खबर बाहिरिएपछि उनको बयान आएको हो । यसपछि, ट्वीटरका सीईओ पराग अग्रवालले बिहीबार आफ्ना कर्मचारीहरूलाई कम्पनीले प्रस्तावको मूल्यांकन गरिरहेको बताए ।
रिपोर्टका अनुसार अग्रवालले कर्मचारीहरूसँगको बैठकमा ट्वीटरलाई यस प्रस्तावको बन्धकमा नराखिएको जनाएका छन् ।
I made an offer https://t.co/VvreuPMeLu
— Elon Musk (@elonmusk) April 14, 2022
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया