NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ मंसिर १७ गते

आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा ९ गते हुँदै, यस्ता छन् एजेन्डा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले २४औ वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले आज सूचना जारी गर्दै साधारणसभा आउँदो वैशाख ९ गते हुने जानकारी गराएको हो ।

कम्पनीले कम्पनी ऐन, २०६३ को दफा ३७ अनुसार सेयरधनीलाई उपस्थितिका लागि अनुरोध गरेको छ । कम्पनीले साधारण सभामा आर्थिक वर्ष ०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, आव ०७७/०७८ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब, र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचि पारित गर्ने, आव ०७८/०७९ को लेखापरिक्षण गर्नको लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै कम्पनीले अधिकृत पूँजी वृद्धि गरी विशेष प्रस्ताव गर्ने, आव ०७७/०७८ को मुनाफाबाट कम्पनीको चुक्ता पूँजी बराबरको बोनस सेयर जारी गर्ने, संशोधित प्रबन्धपत्र तथा नियामावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित हुने कम्पनीले जनाएको छ ।