NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते
प्रेरणा

फोटोग्राफर महिला, जसका हात नै छैनन्

काठमाडौं । इन्डोनेशियाकी रुसीदाह बदावी कुनै साधारण फोटोग्राफर होइनन् । उनको न औंलाहरु छन् न हत्केलाहरु । तर उनी फोटोग्राफी गर्छिन् । सन् १९६८ मा जन्मिएका बदावीलाई फोटोग्राफर बन्न शारीरिक अपांगताले रोक्न सकेन ।

उनी १२ वर्षकी हुँदा एउटा दुर्घटना भएकाे थियाे । उक्त दुर्घटनामा उनले आफ्ना दुवै हात गुमाइन् । उच्च शिक्षा पास गरेपछि बदावीले सोलो सहरको विशेष तालिम केन्द्रमा अध्ययन गर्न थालिन् । त्यसपछि फोटोग्राफी उनको जीवनमा आयो, प्रेम बन्यो । र यसले बदावीलाई कहिल्यै छोडेन ।

पढाइ सकेपछि बदावी आफ्नो गृहनगर पुर्वोरेडियो फर्किन् र फोटो खिच्ने काम गर्न थालिन् । यसका लागि औंला बिना नै चलाउन सक्ने गरी उनको क्यामेरामा केही परिवर्तन गरिएको थियो । उनलाई सुरुमा सरकारी सहयोग पनि प्राप्त भएको थियो ।

बदावी सबै प्रकारका फोटोग्राफी गर्छिन् । उनी सरकारी कार्यक्रममा पनि जान्छिन् । विवाहका एल्बमहरु तयार पार्छिन् । बदावीले अहिले डिजिटल क्यामेरा प्रयोग गर्छिन ।

बायन जिल्लाको बोटोरेयो गाउँमा उनको एउटा सानो स्टुडियो छ । उनका श्रीमान बरफ बेच्छन् र समय हुँदा उनलाई सहयोग पनि गर्छन् । उनीहरुको एउटा छोरा पनि छ ।