विश्वको सबैभन्दा बुढाे गाेरिल्ला
काठमाडौैं । जर्मनीको बर्लिन चिडियाखानामा रहेको विश्वकै सबैभन्दा बुढो गाेरिल्ला फोताउले ६५ वर्ष पुगेको उपलक्ष्यमा जन्मदिन मनाएको छ । त्यहाँ चिडियाखानाले तयार पारेको केक घुम्न आएका पर्यटकको अगाडि फोताउलाई खान दिइएको थियो ।
गाेरिल्लाको औसत आयु ४० देखि ६५ वर्षसम्म हुन्छ । फोताउका बाँदर प्रजातिका जनावरहरूको हेरचाह गर्ने चिडियाखानाका क्रिस्टियन अस्ट भन्छन्, ‘जंगलमा बस्ने गाेरिल्लाहरू ४० देखि ६५ वर्षसम्म बाँच्छन् । यो पछिल्लो केही समयदेखि विश्वको सबैभन्दा बुढो गाेरिल्ला हो ।’
अस्ट भन्छन्, ‘६५ वर्षको उमेर एक अद्भुत कुरा हो र त्यसैले उनको जन्मदिन एक विशेष उत्सव मनाइएको हो ।’ फताउ केक उमालेको चामल र दहीबाट बनाइएको थियो । तरकारी, ब्लूबेरी र रास्पबेरी पनि यसमा राखिएको थियो ।
गाेरिल्लाहरुको औसत तौल २०० केजीसम्म हुन्छ र उनीहरुले १५ २० किलो घाँस, फलफूल र तरकारीहरू खान्छन् । विज्ञहरूका अनुसार प्राकृतिक घरहरु निरन्तर समाप्त हुँदै गएकाले खतरामा परेका छन् ।
बर्लिन चिडियाखानामा थप पाँच गोरिल्लाहरू छन् । पेन्जी ३६, बीबी २५ र उनकी एक वर्षीया छोरी टिल्ला, जम्बाला २० र सांगो १७ वर्षका गाेरिल्लाहरु पर्यटकमाझ निकै लोकप्रिय छन् ।
फोताउका ३१ सन्तान जीवित छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया