NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

भरतपुरमा कांग्रेसका ५० कार्यकर्ताले दिए सामूहिक राजीनामा

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १७ का ५० जना कांग्रेस कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।

उनीहरुले शनिबार एक भेला गरेर वडा समितिका पूर्वसभापति विष्णुप्रसाद सुवेदी, पूर्व वडाध्यक्ष देवनारायण महतोसहित ५० जना क्रियाशिल सदस्यले सामूहिक राजीनामा दिँदै स्वतन्त्र अभियान घोषणा गरेका हुन् ।

महानगरपालिकाको नगरप्रमुख पद अर्को पार्टीलाई दिन लागेको विरोधमा उनीहरुले राजीनामा दिएका हुन् ।

स्थानीय नेता प्रकाश कँडेलको संयोजकत्वमा भएको क्रियाशील र साधारण सदस्यको भेलामा उनीहरूले स्वतन्त्र रहेको घोषणा गरेका हुन् ।

भरतपुरमा उम्मेदवारको लर्कोबीच यी हुन् कांग्रेसका मुख्य दाबेदार, माओवादीमा भने रेनु सर्वसम्मत

भरतपुर महानगरपालिका : राष्ट्रिय ध्यान एकातिर, जनताको चासो अर्कोतिर

 

ताजा अपडेट

नेपालवाच विशेष