स्थानीय उत्पादनको बजारीकरणका लागि ‘कोसेली घर’
वालिङ । स्थानीयस्तरमा उत्पादन भएका वस्तुको बजारीकरणमा जोड दिँदै वालिङ नगरपालिकाले ‘कोसेली घर’ निर्माण गरी सञ्चालनमा ल्याएको छ ।
नगरपालिका कार्यालय परिसरभित्र नगरपालिकाका १४ वटै वडामा उत्पादन भएका स्थानीय वस्तुको प्रचारप्रसार तथा बजारीकरणमा सहयोग गर्ने उद्देश्यले कोसेली घर निर्माण गरी सञ्चालनमा ल्याइएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।
वालिङ नगरपालिकाभित्र उद्यमशीलताको विकास गर्ने योजनासहित नीति तथा कार्यक्रम बनाइएको उनले बताए ।
वालिङ नगरपालिकाभित्र उद्यमशीलताको विकास गर्ने क्रममा खाद्य तथा तरकारी र मासुजन्य उत्पादनलाई व्यवस्थित गर्नका लागि वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थालाई जिम्मा दिइएको छ ।
सामूहिक वा व्यक्तिगत रूपमा स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गरी सामग्री उत्पादनमा जोड दिन नगरपालिकाले सहयोग गर्दै आएको उनले बताए ।
विशेष गरी नगरपालिका सामग्री उत्पादन गर्ने उत्पादक र उपभोग गर्ने उपभोक्ताबीचमा समन्वयकारी भूमिकामा रहेको छ । पारदर्शी सिसाबाट निर्मित कोसेली घरमा उत्पादन गर्ने संस्था वा व्यक्तिको नाम, सम्पर्क नम्बर, वस्तुको मूल्य देखिने गरी राखिएको छ ।
उत्पादक र उपभोक्ताबीचमा समन्वयकारी भूमिका खेलेर नगरपालिकाले दुई पक्षलाई जोडिदिने काम गरेको स्वस्तिका वैदिक हस्तकला उद्योगकी सञ्चालक दुर्गा न्यौपाने बताउँछिन् ।
नगरपालिकाभित्रका विभिन्न ठाउँबाट तथा अन्यत्रबाट नगरपालिकाको भ्रमणमा आउनेले नगरपालिका परिसरमा निर्माण गरिएको कोसेली घरमा राखिएका सामग्रीको अवलोकन गर्ने र मन परेका सामग्री खरिद गरेर लैजाने गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया