दिल्लीको जहांगिरपुर क्षेत्रमा दुई समुदायबीच झडप
काठमाडौं । दिल्लीको उत्तर–पश्चिम जहांगीरपुरी इलाकामा दुई समुदायबीच झडप भएको छ । झडपपछि यो क्षेत्र अशान्त बनेको छ ।
शनिबार हनुमान जयन्तीको अवसरमा निकालिएको जुलुसको दौरानमा दुई पक्षबीच हिंसा फैलिएको हो । परिस्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि आक्रोसितहरूले आक्रमण गर्दा केही प्रहरी घाइते भएका छन् भने उनीहरू चढेको सवारी साधनमा पनि क्षति पुगेको छ ।
न्युज एजेन्सी पिटिआईका अनुसार गृहमन्त्री अमित शाहले दिल्ली प्रहरीका शीर्ष अधिकारीलाई आवश्यक कदम उठाउन निर्देशन दिएका छन् ।
दिल्ली प्रहरीका कमिस्नर राकेश अस्थानाले अवस्था नियन्त्रणमा आइसकेको बताएका छन् । उनलाई उद्धृत गर्दै बिबिसी हिन्दीले लेखेअनुसार, घटनास्थल थप प्रहरी परिचालन गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया