रहेनन् वडासदस्य सत्याल
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ । उनको आइतबार राति ९ बजे निधन भएको हो ।
सत्याल लामो समयदेखि क्यान्सरबाट पीडित थिए । भक्तपुर क्यान्सर अस्पतालमा उनले उपचार गराउँदै आएका थिए ।
नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट आफ्नो राजनीति अगाडि बढाएका सत्याल त्रिचन्द्र क्याम्पसको पूर्वस्ववियु पदाधिकारी हुन् । उनी काठमाडौँ क्षेत्र नं ४ को पूर्वक्षेत्रीय सदस्यसमेत थिए । उनको गएराति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया