नेपाल टेलिकमको नयाँ ‘स्प्रिङ अफर’ सार्वजनिक
काठमाडौं । नेपाल टेलिकमले नयाँ स्प्रिङ अफर सार्वजनिक गरेको छ । टेलिकमले सोमबार देखि उक्त अफर उपलब्ध हुने जानकारी दिएको हो । टेलिकमले अफरमा पाँच सय ९९ रुपैयाँ देखि एक हजार चार सय ९९ रुपैयाँसम्मका अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरु समावेश गरेको छ ।
कम्पनीका अनुसार अबदेखि नौ सय ९९ रुपैयाँ र एक हजार चार सय ९९ रुपैयाँका प्याकमार्फत कम्पनीभित्रका नेटवर्कमा असीमीत कुराकानी गर्न सकिनुका साथै अन्य सेवाप्रदायकको नेटवर्कमा पनि असिमित कुराकानी गर्न सकिने छ ।
यी प्याकहरुमा प्रतिदिन दुई जिबि र चार जिबि डेटा तथा प्याक अवधिमा चार सयवटा र एक हजारवटा अल नेट सन्देश पठाउन सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया