NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

कृति भेन्चर फण्डको वार्षिक साधारण सभा २१ गते हुँदै, यस्ता छन् एजेण्डा

काठमाडौं । कृति भेन्चर फण्ड लिमिटेडको तेस्रो, चौथो र पाँचौ वार्षिक साधारण सभा हुने भएको छ । उक्त सभा आउँदो वैशाख २१ गते दिउँसो चार बजे कम्पनी रजिष्टर्ड कार्यालयमा हुन लागेको हो ।

कम्पनीले आज सूचना जारी गर्दै वार्षिक साधारणसभा हुनेबारे जानकारी गराएको हो । साधारण सभामा कम्पनीले आर्थिक वर्ष ०७५/०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, आव ०७५/०७६/०७७ र ०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहकोे स्विीकृत गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै साधारणसभाले आव ०७८/०७९ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिको निर्वाचन गर्नेलगायतका प्रस्ताव पारित गर्ने छ ।
त्यस्तैे विशेष प्रस्ताव अन्तर्गत प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धि प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको दिएको छ ।