धेरै जंकफुड खाने अमेरिकीमा कलेजोसम्बन्धी समस्या
काठमाडौं । अप्रिल १९ गते विश्वभर विश्व कलेजो दिवस मनाइन्छ । कलेजोलाई लिएर अहिले विश्वभर चिन्ता बढेको छ । अमेरिकामा हालै गरिएको एक अध्ययनले त्यहाँ प्रत्येक दिन ४ जनामध्ये १ अमेरिकीमा कलेजोसम्बन्धी समस्या देखिने देखाएको छ ।
अध्ययनअनुसार अमेरिकामा रहेका १६ करोडभन्दा धेरै वयस्क जनसंख्यामध्ये अल्कोहल सेवन नगर्ने ६.४ करोड युवाहरु फ्याटी लिभरका कारण समस्यामा छन् । मदिरा सेवन नगरे पनि जंकफुड धेरै खाने बानीका कारण उनीहरुको कलेजोमा समस्या आएको हो । यसलाई ननअल्कोहल फ्याटी लिभर डिजिज (एनएएफएलडी) नाम दिइएको छ ।
यसको कुनै विशेष लक्षण पनि देखिँदैन । तर केही वर्षपछि पेटको दायाँ भागमा सुनिन र दुख्न थाल्छ । यसैका कारण कलेजो पूर्णरुपमा काम गर्न नसक्ने अवस्थामा पुग्ने खतरा पनि हुने अमेरिकी हेल्थ एसोसिएसनले जनाएको छ ।
अमेरिकाका १० करोडमध्ये ४० प्रतिशत युवामा एनएएफएलडीको समस्या देखिएको छ । रिजन विश्वविद्यालयका मधुमेह विशेषज्ञ डा पाल डुलेले बताएअनुसार यो कलेजोमा लाग्ने रोगमध्ये सबैभन्दा सामान्य मानिन्छ । तर यही समस्या लाखौं मानिसको मृत्युको कारण बनेको छ ।
मधुमेह, मोटोपन र उच्च रक्तचापको समस्या भएका व्यक्तिलाई यसको बढी खतरा हुन्छ । कतिपय व्यक्तिमा यो समस्या आनुवंशिक रुपमा पनि हुन सक्छ । डाक्टर पालका अनुसार खाना अपच हुनु, दोस्रो चरणको मधुमेह र अस्वस्थ खानाका कारण कलेजोमा बोसो जम्ने समस्या बढिरहेको छ । यसले हृदयघातसमेत गराउन सक्छ ।
यसबाट बच्न स्वस्थ खानपान, उचित जीवनशैली, शारीरिक अभ्यासहरु आवश्यक पर्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया