NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेपाल आर्थिक संकटको अवस्थामा पुगिसकेको छैन : सिएनआई

काठमाडाैं । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष विष्णुप्रसाद अग्रावालले नेपालको अर्थतन्त्र संकटग्रस्त अवस्थामा नपुगेकाे बताए । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका छन ।

उनले भने, आत्तिनु पर्ने आवश्यकता छैन, यसको मतलव हामीले यो भनेका छैनौँ कि हामी रोगी छैनौँ, हामीले यति भनेका हौँ कि हामी आत्तिनुपर्ने अवस्थामा छैनौँ ।’ उनले अहिले बढ्दै गएको उच्च आयातले अर्थतन्त्रमा समस्या देखिएकोले त्यसको उपचार गर्नुपर्ने बताए ।

त्यस्तै सिएनआइका उपाध्यक्ष अनुज अग्रावालले नेपाल कुनै पनि हालतमा श्रीलंकासँग तुलना नहुने बताए । उनले पछिल्ला दिनहरुमा धेरैले हल्लाको पछि लागेर नेपाल श्रीलंका जस्तो हुने भनेर भनिरहेतापनि वास्तविकतामा तथ्यांकले त्यस्तो नदेखाएको उल्लेख गरे । सिएनआइका अनुसार नेपाल अहिले आर्थिक संकटको अवस्थामा नरहेको तर संयमित भएर अघि बढ्नुपर्ने अवस्थामा रहेको स्पष्ट पारेका छन् । सिएनआइले नेपाल र श्रीलंकाको तुलना अमिल्दो भएको धारणा कार्यपत्रमार्फत प्रस्तुत गरेका हुन् । सिएनआइले नेपाल र श्रीलंकाको कुल गार्हस्थ उत्पादनको आकार दोब्बर अन्तर रहेको जानकारी दिए ।

नेपालको कूल ग्राहस्थ उत्पादन ३३.६५ बिलियन डलर र श्रीलंकाको कूल ग्राहस्थ उत्पादन ८०.७ बिलियन डलर रहेको सिएनआइले कार्यपत्रमा उल्लेख छ । कार्यपत्रमा उल्लेख भएअनुसार कूल ग्राहस्थ उत्पादनको तुलनामा नेपालको कुल राष्ट्रिय ऋण ४०.५ प्रतिशत र श्रीलंकाको १११ प्रतिशत रहेको छ । त्यस्तै नेपालको बास्तविक ऋण १४.५६ बिलियन डलर र श्रीलंकाको ८९.५ बिलियन डलर रहेको छ ।

कूल वैदेशिक मुद्रा संचितीतर्फ नेपालको ९.५८ अर्ब डलर र श्रीलंकाको १.९४ बिलियन डलर मात्रै रहेको कार्यपत्रमा उल्लेख छ । त्यस्तै अन्तर्राष्ट्रिय मूल्य श्रृंखलामा परेको प्रभावका कारण नेपालको मुद्रास्फीति ७.१ प्रतिशत र श्रीलंकाको २५ प्रतिशत बिन्दुमा पुगेको कार्यपत्रमार्फत जानकारी दिएको छ ।

यी तथ्यांकले नेपाल र श्रीलंकाबीच तुलना गर्नन नसकिने अवस्था रहेको सिएनआइले प्रष्ट पारेको छ । असहज र अत्यासलाग्दो वातावारण सिर्जना हुने गरी तुलना नगर्न सिएनआईले सबैलाई आग्रह गरेको छ।