काबुलकाे एक विद्यालयमा भएको बम विस्फोटमा २० को मृत्यु
काबुल । अफगानिस्तानको पश्चिमी काबुलमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २० नाघेको छ ।
टिभी न्युज प्रसारकले स्रोतलाई उद्धृत गर्दै मंगलबार जनाएअनुसार राजधानीको दश्त ए बर्ची जिल्लाको अब्दुल रहिम शहिद हाई स्कूलमा भएको विस्फोटमा छ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बताइएको छ ।
सहरको सुरक्षा विभागले पछि विद्यालयको मैदानमा तीनवटा विस्फोट भएको बताएको थियो । त्यसअघि काबुलको पश्चिमी भागमा रहेको मुमताज विद्यालयको क्षेत्रमा अर्को विस्फोट भएको थियो ।
विस्फोटको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया