क्यानडाले पनि लगायो पुटिनका छोरीसहित १४ जनामाथि प्रतिबन्ध
काठमाडौं । युक्रेन युद्धमा रुसलाई घेरा हालेको भन्दै पश्चिमा राष्ट्रहरूले राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध व्यक्तिगत कारबाही गरिरहेका छन् । यसैलाई ध्यानमा राख्दै क्यानडाले पुटिनका दुवै छोरीसहित १४ जनालाई प्रतिबन्ध लगाएको छ ।
ग्लोबल अफेयर्स क्यानडाको रिपोर्ट अनुसार ट्रुडो सरकारले रुसी विदेशमन्त्री सर्गेई लाभरोभकी श्रीमती र पुटिनका छोरीसमेत केही रुसी अर्बपतिमाथि प्रतिबन्धको घोषणा गरेको छ ।
यसअघि अमेरिकाले पुटिनका छोरीसहित विदेशमन्त्री सेर्गेईका परिवारका सदस्यलाई प्रतिबन्ध लगाएको थियो ।
अर्कोतर्फ बेलायतको रक्षा मन्त्रालयले युक्रेनमा भारी हमला गरे पनि रुसी सेनालाई खासै फाइदा नभएको दाबी गरेको छ । रुसी सेनाले वातावरणीय र प्राविधिक चुनौतीका कारण कठिनाइको सामना गरिरहेको बेलायतकाे भनाइ छ ।
रुसले लगायो अमेरिकी कांग्रेसका ३९८ सदस्यलाई यात्रा प्रतिबन्ध
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया