एनआइसी एशियाको सबै सूचक उत्साहजनक, २० प्रतिशतले बढ्यो नाफा

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कुल कर्जा रकम २७४.७४ अर्ब रुपैयाँ पुर्याउन सफल भएको छ । साथै समिक्षा अवधिमा बैंकले कुल निक्षेप संकलन ३०२.८१ अर्ब रुपैयाँ संकलन गरेको छ ।
बैंकले यस अवधिमा खुद नाफा ३.६० अर्ब रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षभन्दा २० प्रतिशत बढी नाफा आर्जन गरेको हो । बैंकको स्वपूँजीमा प्रतिफल २१.४६ प्रतिशत रहेको छ, जुन २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।
समिक्षा अवधिमा बैंकले प्रतिशेयर आम्दानी ४१.९४ रुपैयाँ आर्जन गरेको छ । ईपीएस २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान पनि बैंकले गरेको छ । कोरोना महारीले गर्दा बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई तेस्रो त्रैमासमा ०.५१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकको ९ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३७ लाख भन्दा बढी खातामार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।
साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ । बैंकले ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।
प्रतिक्रिया