NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

तेस्रो त्रैमासमा नाफामा नम्बर वान भएको ग्लोबल आइएमई बैंकको कस्तो छ वित्तिय सूचक ?

काठमाडौं । ग्लोबल आइएमई बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २७ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउने बैंक भएको छ । बैकले सोही अवधिमा ३ अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१३ प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ५७ करोड ८२ लाख ६९ हजार रुपैयाँ रहेको छ । बैंकले चालु आवको ९ महिनासम्ममा २ खर्ब ६९ अर्ब ८ करोड २८ लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ६० अर्ब २० लाख ९६ हजार २९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

तेस्रो त्रैमासमा बैंकले ७ अर्ब ४३ करोड ९७ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ९१ लाख १४ हजार रुपैयाँ रहेको छ ।

बैंकको सञ्चालन मुनाफा ५ अर्ब १७ करोड ५६ लाख ६७ हजार रुपैयाँ रहेका छ । २३ अर्ब ७९ करोड ५७ लाख ७३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ८४ करोड ७४ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै बैंककाे प्रतिसेयर आम्दानी २० रुपैयाँ ८८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ४५ रुपैयाँ रहेको छ ।