६ महानगरमा सत्ता गठबन्धनको भागबण्डा मिल्यो, कहाँ कुन दलले पाए मेयर र उपमेयरको उम्मेदवार ?
काठमाडौं । सत्तारुढ दलबीच ६ वटा महानगरपालिकाको प्रमुख र उपप्रमुखमा भागबण्डा मिलेको छ । त्यस्तै ११ वटा उपमहानगरपालिकामा पनि सहमति जुटेको छ । सहमतिपत्रमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले हस्ताक्षर गरेका छन् ।
६ महानगरपालिकामध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको प्रमुख पाएको छ । त्यस्तै वीरगञ्ज, भरतपुर र पोखराको उपप्रमुख पनि कांग्रेसले पाएको छ ।
भरतपुरको प्रमुख माओवादी केन्द्रले पाएको छ । माओवादीले ललितपुर महानगरपालिकाको उपप्रमुख पनि पाएको छ ।
नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको प्रमुखको उम्मेदवार पाएको छ । त्यस्तै, नेकपा एसले काठमाडौंमा उपप्रमुख पाएको छ ।
जनता समाजवादी पार्टीले वीरगञ्जमा प्रमुख र विराटनगरमा उपप्रमुखको उम्मेदवार पाएको छ ।
सत्ता गठबन्धन दल भए पनि राष्ट्रिय जनमोर्चाले ३४ वटा पदमा एउटा पनि पाएन । चार दलले नै ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख सबै आफैंसँग राखेका छन् ।
यद्यपी सहमतिपत्रमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले पनि हस्ताक्षर गरेकी छिन् । नगरपालिका र गाउँपालिकको भागबण्डामा भने जनमोर्चाले पनि कोटा पाउने बुझिएको छ ।
सत्ता गठबन्धन दलबीच ११ वटै उपमहानगरपालिकामा पनि भागबण्डा मिलेको छ ।


ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया