३४ पदमा ४ दलको भागबण्डा, राष्ट्रिय जनमोर्चा साक्षीमात्रै
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा पाँचदलीय सत्ता गठबन्धनले ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा भागबण्डा मिलाएका छन् ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले तीन वटा महानगरपालिकामा मेयर र उपमेयर पाएको छ ।
यस्तै, कांग्रेसले सातवटा उपमहानगरपालिकामा मेयर र तीन वटामा उपमेयर हात पारेको छ ।
यसैगरी, नेकपा (माओवादी केन्द्र)ले महानगरपालिकामा एक–एकवटा मेयर र उपमेयर पाएको छ ।
त्यसैगरी, यो पार्टीले दुई–दुईवटा उपमहानगरपालिकामा मेयर र उपमेयर प्राप्त गरेको छ ।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले पनि एक–एकवटा महानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवारी दिन पाउने भएको छ ।
यस्तै, एकीकृत समाजवादीले उपमहानगरपालिकामध्ये एउटामा मेयर र तीनवटामा उपमेयर हात पारेको छ ।
यसैगरी, जनता समाजवादी पार्टी (जसपा)ले महानगरपालिकामा एक–एक वटा मेयर र उपमेयर पाएको छ भने उपमहानगरपालिकामध्ये एउटामा मेयर र दुई वटामा उपमेयर प्राप्त गरेको छ ।
६ महानगरमा सत्ता गठबन्धनको भागबण्डा मिल्यो, कहाँ कुन दलले पाए मेयर र उपमेयरको उम्मेदवार ?
तर, सत्ता गठबन्धनकै सहयात्री राष्ट्रिय जनमोर्चाले भने कुनै पनि महानगर र उपमहानगरको भागबण्डामा हिस्सा पाएको भेटिएन ।
सत्ता गठबन्धन दल भए पनि राष्ट्रिय जनमोर्चाले ३४ वटा पदमा एउटा पनि पाएको छैन । चार दलले नै ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख सबै आफैंसँग राखेका छन् ।
यद्यपि, सहमतिपत्रमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले पनि हस्ताक्षर गरेकी छिन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया