अमेरिकी बाबु र भारतीय आमाबीच छोरी खोसाखोस

काठमाडौं । बुधबार काठमाडौंको कालिकास्थानस्थित अध्यागमन कार्यालय अनौठो घटना देखियो । जहाँ एक पुरुष र भारतीय मुलकी एक महिला हिला एउटी बालिका खोसाखोस गरिरहेका देखिन्थे । ती महिलालाई अर्की भारतीय महिलाले पनि साथ दिइरहेकी थिइन् ।
यसरी खोसाखोस गर्नेमा थिए भारतीय मूलका अमेरिकी नागरिक करण गोयल र भारतीय नागरिक कनिका लुथ्रा ।
अध्यागमन विभाग स्रोतका अनुसार करण छोरीका लागि भिसा लिन आएका रहेछन् । तर उनकी पूर्वपत्नीले नदिएपछि विवाद सिर्जना भएको हो ।
अमेरिकी र भारतीय दूतावासका अधिकारीहरूले पछि दुवै पक्षलाई राखेर विवाद मिलाउने काम गरेका थिए ।
प्रतिक्रिया