धनगढीमा प्रचण्ड र लेखराजबीच जम्काभेट : बोलचाल के अभिवादनसमेत आदानप्रदान भएन
काठमाडौं । धनगढीमा आज अनौठो संयोग पर्यो । पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता लेखराज भट्टबीच धनगढी विमानस्थलको एउटै कोठा (विशिष्ट कक्ष)मा भेट भयो । तर दुईबीच नमस्कार वा अभिवादन आदान–प्रदान त परको कुरा सामान्य बोलचालसमेत भएन ।
लेखराजले कुनैबेला माओवादी केन्द्रमा हुँदा प्रचण्डको निकट भएर काम गरेका थिए । तर, नेकपा विभाजनपछि उनी एमालेतिर लागे ।
अहिले एमालेका सचिव छन् । एमालेमा लागेपछि उनले प्रचण्डको चर्को आलोचना गरेका थिए । त्यसयता प्रचण्ड र उनीबीच राम्रो सम्बन्ध थिएन ।
यसैले आज भेट हुँदा लेखराजले आफ्नै पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई अभिवादनसम्म नगरेको विमानस्थलमा रहेका प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
प्रचण्डले विमानस्थलको विशिष्ट कक्षमा पत्रकार सम्मेलन सुरु गर्दा लेखराज भने त्यहाँबाट बाहिरिइसकेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीको कार्यक्रमका लागि काठमाडौंबाट आज धनगढी पुगेका हुन् । उनलाई प्रदेश इञ्चार्ज खगराज भट्टले विमानस्थलमा स्वागत गरेका थिए । सोहि क्रममा प्रचण्ड र लेखराजबीच जम्काभेट भएको थियो ।
यो पनि पढ्नुहोस्
यी हुन् कांग्रेस काठमाडौंको मेयरका लागि सिफारिस ५ नेता
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया